Yeti Khabar

२०८१ माघ ८, मंगलवार - Tue Jan, 2025 -

कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयहरू समेटिनुपर्छ : गगन

माघ, ७ काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याउँदै गरेको कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयलाई महत्वका साथ उठाउनुपर्ने बताएका छन् । आज काठमाडौँमा तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह—२०८१ को समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।

महामन्त्री थापाले सरकारले अहिले कृषि विधेयक ल्याउन लागेको र कृषिको जैविक विविधताको विषय ऐनमा समेट्ने कुरा अहिले मौकाको रूपमा रहेको बताए । उनले कृषि विधेयकमा अहिले मन्त्रालयले काम गरिरहेको उल्लेख गर्दै माघको २० गतेसम्म संसदमा दर्ता गर्ने तयारी गरिएको बताए ।

अहिलेसम्म कृषिअन्तर्गत हामीले दर्जनौँ कानुनहरू बनाएपनि मूल कानुन बनाउन नसकिएकाले अब बन्ने कानुन कृषिको मूल कानुन हुने बताए । कृषिको मूल कानुन बनाउन नसक्दा कृषिले गति लिन नसकेको उनले बताए । रैथाने बीउबिजन, उत्पादन, जैविक विविधताको संरक्षणलाई विधेयकमा महत्त्वपूर्ण रूपमा हेरिनुपर्ने बताए ।

महामन्त्री थापाले भने, ‘एउटा मौका अहिले आएको छ । अहिले कृषि मन्त्रालयले कृषि विधेयकमा काम गरिरहेको छ । कृषि विधेयक २० गतेभित्रमा संसदमा दर्ता गर्ने भन्ने मन्त्रालयको तयारी छ । अहिलेसम्म कृषिअन्तर्गत हामीले दर्जनौँ कानुनहरू बनाएपनि यसको मूल कानुन हामीले अहिलेसम्म बनाएनौँ ।’

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com