हिउँदे अधिवेशन १८ गते बोलाउने तयारी
माघ, ७ काठमाडौं । सरकारले संसदको दुवै सदनको हिउँदे अधिवेशन माघ १८ गतेदेखि बोलाउने तयारी गरेको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।
त्यसैले आज बस्ने मन्त्रिपरिषद बैठकले माघ १८ गतेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने तयारी गरेको छ।
यसबारेमा आज प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच कुराकानी भएको थियो। संसदको हिउँदे अधिवेशन बोलाउनेबारे प्रधानमन्त्रीले सभामुखसँग परामर्श गरेको बताएका छन् । ‘सरकारले माघ १८ गतेदेखि हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ ।