मोटरसाइकल दुर्घटना हुँदा तनहुँमा २ जनाको मृत्यु
माघ, ८ काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३–००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खसेको थियो।
मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ। मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरीले बताएको छ ।