प्रधानमन्त्री केपी शर्मा ओलीले डोनाल्ड ट्रम्पलाई दिए बधाइ
माघ, ८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डोनाल्ड ट्रम्पलाई अमेरिकाको ४७औं राष्ट्रपति पद सम्हालेकोमा बधाइ दिएका छन्। उनले हिजो राति ट्विटरमार्फत ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना दिए।
प्रधानमन्त्री ओलीले नेपाल र अमेरिकाबीच ७५ वर्षभन्दा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशको साझेदारीलाई अझ सुदृढ बनाउन आफू तत्पर रहेको बताए । उनले लेखेका छन्, ‘नेपाल र अमेरिकाबीच ७५ वर्षभन्दा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको छ। हाम्रो साझेदारीलाई अझ सुदृढ बनाउन म प्रतीक्षारत छु।