नवजात शिशुसहित सुत्केरीको हेलिकप्टरबाट उद्धार
माघ,९ काठमाडौं । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–६ मुक्लिबाट नवजात शिशुसहित थुलुङ दुधकोशी–२ की २१ वर्षीय शर्मिला बस्नेतको आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार भएको छ ।
थुलुङ दुधकोशी अस्पतालमा मंगलबार शिशुको जन्म भए पनि जटिल स्वास्थ्य अवस्थाका कारण राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उपचारका लागि काठमाण्डौ ल्याएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारि दिनुभयो । आमा र बच्चालाई थापाथलीको प्रसूतिगृहमा उपचार भइरहेको छ ।