गएको वर्ष चीनमा एक करोड २५ लाख नयाँ शहरी रोजगारी सिर्जना
चीनले गएको वर्ष सन् २०२४ मा एक करोड २५ लाख नयाँ शहरी रोजगारी सिर्जना गरेको त्यहाँको मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सन् २०२४ मा चीनको सर्वेक्षण गरिएको शहरी बेरोजगारी दर ५ दशमलव १ प्रतिशत थियो, याे अघिल्लो वर्षको तुलनामा शून्य दशमलव एक प्रतिशतले कम हो ।
रोजगारीको अवस्था सामान्यतया स्थिर रहेको मानव संसाधन र सामाजिक सुरक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।
चीनले सन् २०२४ को अन्त्यसम्म तीन करोड ३० लाखभन्दा बढी मानिसलाई रोजगारी दिएको थियो । गएको वर्षको अन्त्यसम्ममा चीनमा डिजिटलसहित सामाजिक सुरक्षा कार्ड लिनेको सङ्ख्या झन्डै एक अर्ब ३९ करोड रहेको खबरमा उल्लेख छ | एजेन्सी