Yeti Khabar

२०८१ चैत्र १, शुक्रबार - Fri Mar, 2025 -

रवि लामिछानेको थुनछेक बहस शुरू

माघ, १० काठमाण्डौ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस रूपन्देही जिल्ला अदालतमा शुरू भएको छ । लामिछानेका तर्फबाट बहस गर्न काठमाण्डौबाट गएकासहित १२ जनाभन्दा बढी कानून व्यवसायीले वकालतनामा पेश गरेका छन् ।

त्यसैगरी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गर्नुहुनेछ । थुनछेक बहस सकिएपछि अदालतले लामिछानेलाई साधारण तारेख वा धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ । बयानका लागि अस्ति मङ्गलवार भैरहवा पुगेका लामिछाने हिजो कार्यालय खुल्नेबित्तिकै अदालतमा उपस्थित भएका थिए ।

लामिछानेको रूपन्देही जिल्ला अदालतमा हिजै बयान सकिएको थियो । बयान सकिएसँगै आज पुनः उपस्थित गराउने शर्तमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई पत्नी निकिता पौडेल र उनका कानून व्यवसायीको जिम्मा लगाउने आदेश गरेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com