खाँडाचक्रमा अधिकृत नहुँदा भुक्तानी रोकियो
माघ, १० काठमाडौं । कालीकोटको खाँडाचक्र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा शिक्षकको तलब भत्ता, सामाजिक सुरक्षा भत्ता र विकास निर्माणका कामकाजको भुक्तानी रोकिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको मङ्सिर २० गते सबै पालिकालाई शिक्षकको तलब भत्ता मासिक रूपमा भुक्तानी गर्न परिपत्र गरेको थियो । तर खाँडाचक्र नगरपालिकाले भने गएको कात्तिक महिनादेखि शिक्षकको तलब भत्ता भुक्तानी दिन सकेको छैन ।