Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

अमेरिकाले मेक्सिकोको सीमामा सेना परिचालन गर्‍याे

काठमाण्डौ – अमेरिकाले मेक्सिकोको सीमामा सेना परिचालन गरेको छ । डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको शपथ लिएलगत्तै मेक्सिकोको सीमा क्षेत्रमा राष्ट्रिय सङ्कटकाल लगाउने घोषणा गर्नुभएको थियो ।

मेक्सिकोको सीमा हुँदै गैरकानूनीरूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीलाई रोक्न सेना परिचालन गरिएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार सीमा क्षेत्रमा लडाकू जहाज, हेलिकप्टरसहित एक हजार पाँच सय सेना परिचालन गरिएको छ । जसमध्ये एक हजार स्थल र पाँच सय जल सैनिक छन् ।

उनीहरू बोर्डर मिसनका रूपमा परिचालित भएका छन् । चार वटा सैन्य विमान परिचालन गर्ने पनि तयारी भएको खबरमा उल्लेख छ । यो क्षेत्रबाट तत्कालै पाँच हजार अवैध आप्रवासीलाई देश निकाला गर्ने तयारी रहेको कार्यवाहक रक्षामन्त्री रोबर्ट सेल्सेसले बताउनुभएको छ ।

मेक्सिकोको सीमा क्षेत्रबाट निवर्तमान राष्ट्रपति जो बाइडेनको पालामा एकै वर्षमा तीन लाखसम्म आप्रवासी अमेरिका प्रवेश गरेको अमेरिकी भन्सार तथा सीमा सुरक्षा एजेन्सीको तथ्याङ्क छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com