Yeti Khabar

२०८१ फाल्गुन २९, बिहीबार - Thu Mar, 2025 -

अखिल क्रान्तिकारीमा नारायणकाजी र जनार्दनको छुट्टाछुट्टै प्यानल

whatsapp sharing button

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीमा सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि छुट्टाछुट्टै प्यानल बनाउने तयारी भएको छ

बुधबार अबेरसम्म साझा उम्मेदवार बनाउने प्रयास असफल भएपछि उपमहासचिव जनार्दन शर्मा निकट समूहले छुट्टै प्यानल बनाएको छ । शर्मा निकट प्यानलमा भोजपुरका हेमन्त राई अध्यक्षको उम्मेदवार छन् । यस्तै, उपाध्यक्षहरूमा खुलातर्फ समिप खरेल, भीष्म चौलागाई, देवेन्द्र शर्मा छन् । उपाध्यक्ष समावेशीतर्फ सन्दीप पुन, कृष्ण सुनार, ममता अधिकारी, शिवम साह, उमेश कडेल छन् ।

सो प्यानलबाट महासचिवमा रोशन थापा मगर उम्मेदवार छन् भने उपमहासचिवहरूमा रविन खुम्बु (कोशी), निर्मला गौतम (बागमती), भगवान बास्तोला (गण्डकी), रेशम अधिकारी (लुम्बिनी), प्रकाश अधिकारी (कर्णाली), विश्व विद्यालयबाट जटिल कार्की लगायत छन् ।

सचिवहरूमा खुलातर्फ नगेन्द्र घिमिरे, कृष्ण प्रसाद रिजाल, वीरेन्द्र जी.सी. छन् । समावेशीतर्फ सम्कृति पुन, सविता थापा, दलित हरेद्र वि.क., अमर मण्डल, जमासेद आलम, आरस्टिक मोक्तान, नेत्रराज जोशी र सहिद परिवारबाट युन्छोङहाङ मावो छन् । कोषाध्यक्षमा फुलमाया राना(खुसी) छन् ।

आयोगतर्फ लेखा प्रमुख मोहन बुढाथोकी उपप्रमुख गायत्री सिंह, सचिव सन्दीप न्यौपाने, विजयराज आचार्य, दिनेश वि.क. लगायत छन् । अनुशासन प्रमुखमा इन्दिरा पुरी, उपप्रमुखमा रोशन केसी, समावेशीमा खम्बु जंग बुढामगर, सचिवमा सागर पौडेल छन् ।

निर्वाचन प्रमुखमा भुषण गाहा मगर, उपप्रमुख खिमलाल न्यौपाने÷शोक मन्जरी, छात्रा सपना  पुन मगर, समावेशी प्रेम पाख्रिन÷मदन बहादुर कार्की, सचिव गौरव सेढाई छन् ।

साझा उम्मेदवारमा कुरा नमिलेपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी निकट समूहले पनि छुट्टै प्यानल बनाएको छ । यस समूहलाई मिलाउने काम निवर्तमान उपाध्यक्ष पवन कार्कीले गरिरहेका छन् । यो समूहका एक नेताका अनुसार अध्यक्षमा उपेदश यादव फाइनल भएका छन् । उपाध्यक्षमा तुलसीराम न्यौपाने, विराज थापा, समीर बुढाथोकी मुक्ति, सञ्जीवकुमार चौधरी, पार्वती नेगी, दीपा जैसी, बुद्रोस लिम्बु, मुना काप्री, सन्दिप पुन, मीनराज आचार्य लगायत छन् ।

महासचिवमा सञ्जिव फुँयाल, प्रतिक कार्की दाबेदार रहेकोमा फुँयाल निश्चित भएको ती नेताले दाबी गरेका छन् । यस्तै यादव समूहबाट उपमहासचिवमा विपिन पोखरेल, विवेक मैनाली, उपेन्द्र जम्कटेट्ल, रुकु बस्नेत, निरोज श्रेष्ठ, मुकेश बुढा, विष्णु ढुंगेल, मर्मजंग बम, यादव सिंह र वेनुपराज खत्री छन् । उपमहासचिवमा ४९ जना उम्मेदवारी परेकोमा २२ जना यादव समूहका रहेको बुझिएको छ ।

सचिवतर्फ सचिव समिर तिवारी, वीरेन्द्र मगर, झलक छत्कुली, प्रेम जैसी, सरस्वती चौलागाईं, रीता ढुंगाना, किरण लिङ्देन, बज्र लामा, आशा उपरकोटी, अमर मण्डल लगायत छन् ।

निर्वाचन आयोग प्रमुख नवीन देवकोटा, लेखा आयोगमा सुस्मा रेग्मी र अनुशासन आयोगमा इन्दिरा पुरी छन् भने कोषाध्यक्षमा पार्वता चौलागाईं निश्चित भएको बताएका छन् ।

अध्यक्ष पदका लागि राई, यादवसहित उपमहासचिव वर्षमान निकट सुदिन पौडेल, उपमहासचिव शक्ति बस्नेत निकट विजय शर्मा सापकोटा, उपाध्यक्ष पम्झा भुसाल निकट विश्वमणि थापा र उपाध्यक्ष कृष्णबहादुर महरा निकट योगेन्द्र बुढा आकांक्षी छन् ।

यो रिपोर्ट तयार हुँदासम्म शर्मा इतरपक्षबिच साझा उम्मेदवार बनाउने विषयमा सहमति हुन सकेको छैन ।

‘लगभग एक्लाएक्लै निर्वाचनमा जानेजस्तो देखिएको छ । साझा उम्मेदवार बनाउने अहिलेसम्मको प्रयास सफल भएको छैन । तर पनि हामीले प्रयास जारी राखेका छौँ’, ती नेताले भने ।

कार्की समूहका नेताहरूले अध्यक्ष पद छाड्ने भए पदाधिकारीसहित ५० प्रतिशत आफू पक्षलाई चाहिने दाबी गरेको बुझिएको छ । यता, पुन निकट पौडेलले पनि ९ प्रदेशमध्ये ४ प्रदेशमा आफ्नो पक्षमा बहुमत रहेकाले अध्यक्ष पद नछोड्ने दाबी गरेको बुझिएको छ । ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ लगायत पदका लागि माघ १२ गते निर्वाचन हुँदैछ । रातोपाटी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com