Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

विकास र समृद्धिमा चीनसँग हातेमालो गर्न चाहन्छौं : सभामुख

माघ, ११ काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले चीनको अद्वितीय विकास र समृद्धिबाट लाभ हासिल गर्न चाहेको बताएका छन् ।चीनले हालसम्म गरेको सहयोगको प्रशंसा गर्दै उनले नेपाल सन् २०२६ भित्र अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने परिप्रेक्ष्यमा सहज स्तरोन्नति र सोको दिगोपनाका लागि पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव उद्घाटन र चिनियाँ नयाँ वर्ष समारोहको अवसरमा हिजो बेलुका काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले सो धारणा राखेका हुन् ।

‘असल मित्र र निकट छिमेकीको रूपमा नेपालले चीनको प्रगतिमा गौरव गर्नुका साथै वृहत् आर्थिक साझेदारीमार्फत चीनको अद्वितीय विकास र समृद्धिबाट लाभ हासिल गर्न चाहन्छ,’ उनले भने, ‘यस सन्दर्भमा नेपालको विकास प्रयासमा रहेको चीनको साथ, सहयोग र सहकार्यको हामी उच्च प्रशंसा गर्न चाहन्छौं ।’

उनले सन् २०२५ लाई चीनमा नेपाल भ्रमण वर्ष घोषणा गरिसकेको सन्दर्भमा ठूलो संख्यामा चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा आई पर्यटन प्रवद्र्धनमा महत्वपू्र्ण सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे ।

नेपाल र चीनबीच रहेका आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका अपार अवसरहरूलाई सदुपयोग गर्न एवं समृद्ध र सुनौलो भविष्यको लागि हातेमालो गर्दै अगाडि बढ्न सभामुख घिमिरेले आह्वान पनि गरे ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com