Yeti Khabar

२०८२ बैशाख ५, शुक्रबार - Fri Apr, 2025 -

स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती

माघ, ११२ काठमाडौ । स्याङ्जाका किसानले यो वर्ष २ हजार चार सय रोपनीमा आलुखेती गरेका छन् । गल्याङ, चापाकोट, भीरकोट र वालिङका किसानले व्यावसायिक रूपमा आलुखेत गर्न थालेका कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारि दिनुभयो । उहाँका अनुसार आलुखेती हुने क्षेत्रफल वृद्धि भएकोले यस वर्ष उत्पादन पनि वृद्धि हुने सङ्केत देखिएको छ ।

गएको वर्ष एक हजार आठ सय ५० रोपनीमा आलुखेती गरिएको थियो । आलुखेती गर्ने किसानलाई स्थलगत प्राविधिक प्रशिक्षण, बीउ खरिदमा अनुदान, सिँचाइ, रोगकीरा व्यवस्थापन, ग्रेडिङ, प्याकिङ, भण्डारण र बजारीकरणका लागि ज्ञान केन्द्रले सहयोग गर्दै आएको छ ।

विभिन्न जातका बीउ आलु उत्पादनमा स्याङ्जा आत्मनिर्भर रहेको छ । बीउ आलु जिल्लाबाट अन्यत्र पनि निर्यात हुने गरेको छ । खायन आलु उत्पादन भने कम हुने भएकाले नपुगेकाले अन्तैबाट आयात गर्नुपर्ने अवस्था छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com