सिराहामा ब्राउनसुगरसहित २ जना पक्राउ
माघ, ११ काठमाडौं । सिराहामा लागुऔषध ब्राउनसुगरसहित गोलबजारका २ युवकलाई पक्राउ गरेको छ । छिमेकी मुलुक भारतको जयनगरबाट मोटरसाइकल चढेर नेपालतर्फ प्रवेश गर्ने क्रममा भन्सारनजिक प्रहरीले चेकजाँच गर्दा ब्राउनसुगर बरामद भएपछि गोलबजार नगरपालिका– ७ का करिब २५ वर्षीय हृदय सिंह र ८ का करिब २२ वर्षीय धर्मेन्द्र यादव पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सिंहले चलाएको प्रदेश ३–०३–००१ प ९८३६ नम्बरको मोटरसाइकल शंका लागेर रोकेर शरीर खानलासी गर्दा ब्राउनसुगर बरामद भएपछि पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताए ।
उनका अनुसार सिंहले लगाएको पाइन्टको गोजीमा ब्राउनसुगरजस्तो देखिने प्लास्टिकसहित ५ ग्राम दुई सय मिलिग्राम पदार्थ बरामद भएपछि सिंह र पछाडि बसेका यादवलाई मोटरसाइकलसहित पक्राउ गरिएको हो ।