Yeti Khabar

२०८१ फाल्गुन १३, मंगलवार - Tue Feb, 2025 - ११ : ०६ : ०४

जसपा नेपालले बोलायो १९ र २० गते कार्यकारिणी समितिको बैठक

माघ, ११ काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले माघ १९ र २० गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएको छ । जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियानको समीक्षाका लागि बैठक बोलाइएको पार्टीका महासचिव रामकुमार शर्माले जानकारि दिनुभयो । अभियान सुरु भएको ६ महिना भइसक्यो । भदौदेखि सुरु भएको यो अभियान माघ मसान्तसम्म चल्ने छ ।

बैठकमा ६ महिने अभियानले संगठनमा के कति प्रगति ल्याएको, संगठनका लागि अभियान कति प्रभावकारी रह्यो त्यसको बारेमा समीक्षा हुने बताइएको छ ।बैठकमा दलहरूको बिचमा भइरहेको मोर्चाबन्दीको प्रयासको बारेमा पनि समीक्षा हुने बताउँदै उनले कुन दलसँग कुन मोडालिटीमा मोर्चाबन्दी गर्नेलगायतको विषयमा पनि पार्टीले छलफल गर्ने बताए । फागुन मसान्तसम्म पार्टीका हरेक सदस्यले आफ्नो सदस्यता अध्यावधिक गर्ने र वैशाखसम्ममा सबै तहका अधिवेशन सम्पन्न गर्ने गरी पार्टीले सर्कुलर गरेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com