बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

माघ, १२ काठमाडौं । बैतडीको सिगास गाउँपालिका–१ माडौँमा आज बिहान भएको जीप दुर्घटना गम्भीर घाइते भएका २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर सिगास गाउँपालिका–१ बैतडीकी १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्युभएको छ ।
त्यस्तै दुर्घटनामा सिगास–१ इराना घर भएका ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन् ।उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।