पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप
![](https://www.yetikhabar.com/wp-content/uploads/2025/01/protest_zx2Yx4o5dH.jpg)
माघ, १३ काठमाण्डौ । पाथीभरा क्षेत्रमा प्रहरी र केबलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा ५ जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माकाअनुसार झडपमा सशस्त्र प्रहरीका ३ जना घाइते भएका छन् । आन्दोलनकारीतर्फ २ जना घाइते भएका छन् । आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा हानेपछि स्थिति तनावपूर्ण बनेको थियो । आन्दोलनकारीबाट तीन थान खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनका अनुसार आन्दोलनकारीसँग लुकाइएको हतियार रहेको सूचना पाएपछि खोजतलास गर्ने क्रममा विभिन्न सामान बरामद गरिएको हो ।