Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

भारतले आज ७६ औँ गणतन्त्र दिवस मनाउँदै

आज भारतले ७६ औँ गणतन्त्र दिवस मनाउँदैछ । भारतले यस वर्ष ‘स्वर्णिम भारत–विरासत र विकास’ भन्ने नारासहित गणतन्त्र दिवस मनाइरहेको बीबीसी हिन्दीले जनाएको छ ।

गणतन्त्र दिवसको अवसरमा बिहान १० बजेदेखि नयाँ दिल्लीमा रहेको ‘कर्तव्यपथ’ मा राष्ट्रपति द्रौपदी मुर्मूले झण्डोत्तलन गर्ने तयारी छ । लगत्तै परेडमा विभिन्न प्रदेश र सरकारी विभागको झाँकी प्रदर्शन गर्ने बीबीसी हिन्दीले जनाएको छ ।

दिवसका अवसरमा वितरण गर्न सरकारले हिजै दुईजनालाई किर्ति चक्र, १४ वटा सौर्य चक्रसहित केही वीरता पुरस्कार पाउने व्यक्ति घोषणा गरेको छ । गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथिका रूपमा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तो सहभागी हुनुहुनेछ ।

सन् १९४७ को अगस्ट १५ तारिखमा बेलायती उपनिवेशबाट स्वतन्त्र भएको भारतसन् १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै गणतन्त्रात्मक देश घोषित भएको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com