श्रीमानले गरे श्रीमतीको हत्या
माघ, १३ काठमाडौं । धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको धनुषाधम नगरपालिका वडानम्बर ५ पर्वताकी २९ वर्षीया संगीता ठाकुरको हत्या भएको प्रहरीले बताएको छ । ठाकुरलाई आफ्नै श्रीमान ३३ वर्षीय देवलाल ठाकुरले हिजो राति २ बजे हत्या गरेको जिल्ला प्रहरी कार्यालयका धनुषाका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले बताए ।
डीएसपी सिंहका अनुसार देवलालले ढोकामा लगाउने आग्लोले हानेर श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । देवलाललाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।