रूपन्देहीमा लामिछानेको थुनछेक बहस आज पनि

माघ, १३ काठमाडौं । रूपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस आज पनि जारी रहने भएको छ। लगातार ३ दिन भएको बहस शुक्रबार नसकेपछि आजका लागि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो।
बुटवलको सुप्रिम सहकारी ठगीको बयानका लागि गत बुधबार अदालतमा उपस्थित भएका रविको मुद्धा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भइरहेको हो। लामिछानेका तर्फबाट बहस गर्न १० जनाभन्दा बढी कानून व्यवसायीले वकालतनामा बुझाएका छन्। थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फका वकिलहरूले जवाफी बहस गर्नेछन्। त्यसपछि अदालतले आदेश दिनेछ । पर्सा र बुटवललगायतका जिल्लामा पनि रविको मुद्दा विचाराधीन अवस्थामा छ।