Yeti Khabar

२०८१ फाल्गुन २९, बिहीबार - Thu Mar, 2025 -

कङ्गोमा विद्रोहीद्वारा १३ विदेशी शान्ति सैनिकको हत्या

sharethis sharing button

किन्शासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो)मा शान्ति स्थापनाका लागि खटिएका १३ जना सैनिकहरू विद्रोही एम २३ समूहसँगको मुठभेडमा मारिएका छन् । ज्यान गुमाउनेमा विद्रोहीहरूलाई देशको पूर्वमा अवस्थित गोमा सहरतर्फ प्रवेश गर्न रोक्ने प्रयासमा रहेका आफ्ना ९ जना सैनिक पनि रहेको दक्षिण अफ्रिकाको सेनाले जनाएको छ । 

त्यसबाहेक मलावीका तीन र उरुग्वेका एक शान्ति सैनिक मारिएका छन् । प्रजातान्त्रिक गणतन्त्र कङ्गोले एम२३ विद्रोहीहरूलाई समर्थन गरेको आरोपमा छिमेकी रुवान्डासँग कूटनीतिक सम्बन्ध विच्छेद गरेको छ ।

पछिल्ला केही दिनमा एम२३ सँगको भिडन्तमा १३ जना राष्ट्रसङ्घीय शान्ति सैनिक मारिएका छन् । राष्ट्रसङ्घले अत्यावश्यकबाहेक सबै कर्मचारी गोमाबाट फिर्ता गर्ने भएको छ र त्यहाँको खराब अवस्थाबारे आइतबार राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा छलफल हुँदै छ । सोमवारका लागि तय भएको सो छलफल आइतबार नै गर्न लागिएको हो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com