Yeti Khabar

२०८१ फाल्गुन २९, बिहीबार - Thu Mar, 2025 -

केबलकार बनाउने योजना खारेज हुनुपर्छ : राजेन्द्र

माघ, १३ काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको समूहमाथि प्रहरीले दमन गरेको भन्दै विरोध जनाएका छन् ।

कुनै पनि प्रकारको विकास स्थानीय समुदायको सहमति र सांस्कृतिक मूल्यको संरक्षण विना हुन नसक्ने भन्दै महतोले सो क्षेत्रमा केबलकार बनाउने योजना खारेज गर्न माग गरेका छन् ।

ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्ने स्थानीय युवा र प्रहरीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर ४ जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीतर्फ पनि केही घाइते छन् । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आज विज्ञप्ति निकालेर प्रहरीले दमन गरेको भन्दै भर्त्सना गरेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com