घट्यो सुनचाँदीको मूल्य
माघ, १३ काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला दुई सय रुपैयाँ घटेर कारोबार हुँदैछ। आज सुन प्रतितोला एक लाख ६० हजार चार सयमा कारोबार भइरहेको छ।
शुक्रबार सुन तोलामा एक लाख ६० हजार ६०० मा कारोबार भएको थियो। यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँ घटेर एक हजार ८६५ मा कारोबार भइरहेको महासंघले बताएको छ ।