Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

प्रधानमन्त्रीसँग एमाले सचेतक महेश बर्तौलाबीच छलफल

माघ, १३ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाबीच छलफल भएको छ । उनीहरूबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवर्ता भएको छ । भेटमा संसद्को हिउँदे अधिवेशन, बिजनेश लगायत, अध्यादेश लगायतका विषयमा छलफल भएको बताएको छ । हिउँदे अधिवेशन आगामी १८ गतेबाट सुरु हुँदैछ ।

त्यसअघि सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतक र सचेतकसँग छलफल गर्दैछन् । एमाले मुख्य सचेतक बर्तौला प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएपछि सभामुखसँगको भेटवार्ता केहीबेर ढिलो भएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com