तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

माघ, १४ काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा थप गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तीन सय रुपैयाँ घटेर तोलामा एक लाख ६० हजार एक सयमा कारोबार हुँदैछ। हिजो सुन प्रतितोला एक लाख ६० हजार चार सयमा कारोबार भएको थियो।
त्यस्तै चाँदी पनि आज १५ रुपैयाँले घटेर तोलामा एक हजार पचासमा कारोबार हुँदैछ। हिजो चाँदी एक हजार ८६५ मा कारोबार भएको थियो।