Yeti Khabar

२०८१ माघ १७, बिहीबार - Thu Jan, 2025 -

अवैध रूपमा अमेरिका पुगेका आफ्ना नागरिक फिर्ता ल्याउन कोलम्बिया सहमत

अवैध रूपमा अमेरिका पुगेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन कोलम्बिया तयार भएको छ । यसअघि अमेरिकाबाट अवैध आप्रवासीलाई चढाएर पठाइएका दुई वटा सैन्य विमानलाई कोलम्बियाले अवतरण गर्न अनुमति दिएको थिएन ।

त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरूमा २५ प्रतिशत र पछि ५० प्रतिशत कर बढाउने तथा यात्रामा समेत प्रतिबन्ध लगाउने भनेपछि अवैध रूपमा अमेरिका पुगेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन कोलम्बिया तयार भएको हो ।

ट्रम्पको चेतावनीपछि आप्रवासीहरूलाई ल्याउन अमेरिकी देश होन्डुरसमा विमान पठाउन कोलम्बिया तयार भएको बीबीसीले जनाएको छ ।

ट्रम्पको चेतावनीपछि कोलम्बियाका राष्ट्रपति गुस्ताबो पेट्रोले सामाजिक सञ्जालमा अमेरिकाले प्रवासीहरूलाई सम्मानजनक व्यवहार नगरेको आरोप लगाउनुभएको थियो । उहाँले अमेरिकी पस्तुमा २५ प्रतिशत कर बढाउने घोषणा पनि गर्नुभएको थियो । तर पछि कोलम्बिया आफ्नो निर्णयबाट पछि हटेको हो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com