Yeti Khabar

२०८१ फाल्गुन २८, बुधबार - Wed Mar, 2025 -

महाकूम्भ मेलामा भागदौड मच्चिँदा १५ जनाको मृत्यु

माघ, १६ काठमाडौं । भारतमा महाकूम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ। उत्तरप्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा हिजो राति भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

हिजोदेखि सुरू भएको शाही स्नानका लागि हजारौं मानिसहरू त्रिवेणी संगममा उपस्थित भएका थिए। आज बिहानै मौनी अमावस्याको अवसरमा गंगा स्नान गर्नका लागि हिजो राति नै मानिसहरूको भिड लागेको थियो।

त्यसक्रममा भागदौड मच्चिँदा मानिसहरूको मृत्यु भएको भारतीय अखबर द हिन्दुस्तान टाइम्सले बताएको छ । कति मानिसको मृत्यु र घाइते भएको भन्नेबारे यकिन विवरण सार्वजनिक नभएपनि कम्तिमा १५ जनाको मृत्यु भएको बताएको छ। बिबिसीले पनि एक डाक्टरलाई उद्धृत गर्दै १५ जनाको मृत्यु भएको समाचारमा लेखेको छ।

घटनामा कम्तिमा ४० जना घाइते भएको बताइएको छ। त्यहाँ उपस्थित भक्तजनहरूले प्रशासनको फितलो सुरक्षा व्यवस्थाका कारण त्यस्तो घटना भएको आरोप लगाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले यूपीका मुख्यमन्त्री योगी आदित्यनाथसँग घटनाबारे जानकारी लिएका छन्। मुख्यमन्त्री आदित्यनाथले अफवाहको पछि नलाग्न शान्त रहन सबैलाई आग्रह गरेका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com