Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

त्रिधार्मिकस्थल मानिएको खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

खोटाङ – त्रिधार्मिकस्थल मानिएको खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो ।

हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय नगर सभाबाट पारित गरी आवश्यक काम थालिएको मेयर विमला राईले बताउनुभयो । उहाँका अनुसार पुरातत्व विभागमार्फत संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूहसमक्ष दस्तावेज पुर्‍याउन पहल थालिएको हो ।

हलेसीको दर्शन तथा अवलोकन गर्न स्वदेशीबाहेक चीन, भारत, भुटान, सिङ्गापुर, जापान, रूस, फ्रान्स, युक्रेन, अमेरिकालगायतका देशबाट पर्यटक आउने गरेका छन् ।

दिक्तेलबाट ४० किलोमिटर पश्चिममा पर्ने हलेसी मन्दिर हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्छ । हलेसी गुफाका बारेमा विभिन्न किंवदन्ती पाइन्छ । यसलाई किरातीले आफ्नो आदिम भूमि, बौद्ध धर्मालम्बीले दोस्रो लुम्बिनी र हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति भन्ने गर्छन् ।

हलेसीलाई त्रिधार्मिकस्थलका रूपमा विकास गर्न सरकारले २०५३ सालदेखि हलेसी विकास समितिमार्फत विकास योजना अघि बढाएको थियो ।

कोशी प्रदेशको मुख्य आर्थिक स्रोतमध्ये एक मानिएको धार्मिक तथा पर्यटकीयस्थल हलेसीलाई सरकारले वार्षिक रूपमा बजेट विनियोजन गर्दै आएको छ । तर, कार्‍न्वयन प्रक्रिया फितलो भएको स्थानीयवासीको गुनासो छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com