Yeti Khabar

२०८२ बैशाख ४, बिहीबार - Thu Apr, 2025 -

ओखलढुंगामा गाडी दुर्घटना भएपछि भागेका चालक समातिए

माघ, १८ काठमाडौं । ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा दुर्घटना भएको गाडीका चालक भक्तपुरमा भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मनीष लुइँटेलले दुर्घटनापछि फरार भएका चालक सुनसरी घर भएका २२ वर्षका अनिल पण्डित भक्तपुरको इन्टरनेश्नल अस्पतालमा उपचारत भेटिएको बताए ।

उहाँका अनुसार दुर्घटना भएपछि चालक फरार थिए। ‘चालक फेला नपरेपछि खोजीकार्य सुरु गरेका थियौँ,उहाँ भक्तपुरको इन्टरनेश्नल अस्पतालमा उपचाररत हुनुहुँदो रहेछ,हामीले अहिले निगरानीमा राखेका छौँ,’उनले भने।

हिजो भँडारे खोलामा सुमो दुर्घटना हुँदा आमाछोरासहित ३ जनाको मृत्यु भएको थियो। ना १ज ६४२१ नम्बरको सुमो खोटाङको कोपिलासगढी गाउँपालिकाबाट काठमाडौं आउँदै गर्दा दुर्घटना भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पूजन गुरुङ छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com