४ दिनयता सुनको मूल्य स्थिर
माघ, २१ काठमाडौं । काठमाडौँ । ४ दिनयता सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारयता सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार गत बिहीबार तोलामा १ लाख ६० हजार ५०० कायम भएको छापावाल सुनको मूल्य त्यसको भोलिपल्ट साताको कारोबारको अन्तिम दिन तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै शनिबार सोही पनि सोही मूल्य कायम भएको सुनको मूल्य आइतबार र सोमबार पनि समान मूल्य निर्धारण भएर कारोबार भएको महासंघले बताएको छ ।
महासंघले चाँदीको मूल्य भने घटेको बताएको छ । हिजो तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको हो ।