बेलायतका राजकुमार र राजकुमारी नेपाल भ्रमणम आउँदै
माघ, २२ काठमाडौं । बेलायतका राजकुमार र राजकुमारी भ्रमणमा नेपाल आउँदै छन् । राजकुमार एडवार्ड र राजकुमारी सोफिया करिब १ साताको निजी भ्रमणका लागि आउन लागेको काठमाडौंस्थित बेलायती दूतावासले बताएको छ ।
राजकुमार एडवार्ड अहिले भारत भ्रमणमा छन्। उनी दिल्लीबाट एक्लै नेपाल अवतरण गर्नेछन्। यस्तै राजकुमारी सोफिया लन्डनबाट काठमाडौं आउँदैछिन्।राजकुमार एडवार्डले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन्। राजकुमारी सोफिया काठमाडौं आएपछि श्रीमान् एडवार्डसँग अन्य कार्यक्रममा सहभागी हुनेछिन्।
काठमाडौंका विद्यालय र अस्पतालमा आयोजित कार्यक्रममा सहभागी भई उनी पोखरा भ्रमणमा जानेछन्। पोखरामा उनीहरूले ब्रिटिस गोर्खा सैनिकका परिवारसँग पनि भेटघाट गर्नेछन्। उनीहरु आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको दूतावासले बताएको छ ।