आज पनि बढ्यो सुनको मूल्य
माघ, २३ काठमाडौँ । आज पनि सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा छापावाल सुनको मूल्य आज तोलामा २ हजार २०० रुपैयाँ बढेको हो ।
जसअनुसार आज सुनको मूल्य तोलामा १ लाख ६६ हजार ९०० रुपैयाँ पुगेको छ । हिजो सुन तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज पनि अघिल्लो दिनको तुलनामा सुनको मूल्य वृद्धि नै भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९७५ रुपैयाँ कायम भएको महासंघले बताएको छ ।