Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

काठको गोलिया ओसार्ने क्रममा एक युवकको मृत्यु

माघ, २३ काठमाडौं । चौबिसे गाउँपालिका-८ वसन्तटारमा काठको गोलिया ओसार्ने क्रममा एक युवकको मृत्यु भएको छ। चौबिसे गाउँपालिका-७ लोफादिनका २७ वर्षीय मौसम चेम्जोङको मृत्यु भएको छ।

हिजो माथिबाट सडकमा झार्ने क्रममा ​गोलियाले किचेर टाउकोमा गम्भीर चोट लागेका चेम्जोङलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिँदै थियो। बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय राजारानीका प्रहरी निरीक्षक महेन्द्र खड्काले बताए ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएकोछ। मृतक चेम्जोङको शव पोष्टमार्टम गरि परिवारलाई जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय धनकुटा प्रमुख प्रहरी उपरिक्षक श्यामसिंह चौधरीले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com