Yeti Khabar

२०८२ बैशाख ४, बिहीबार - Thu Apr, 2025 -

मकुना हात्ती मृत्युबारे छानबिन समितिले काम सुरु गर्यो

माघ, २८ काठमाण्डौ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली हात्ती मकुनाको मृत्युका विषयमा बनेको छानबिन समितिले काम थालेको छ । समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयारी गरेर अनुसन्धान अघि बढाइएको छानबिन समितिका संयोजक वन मन्त्रालयका सहसचिव डा। बुद्धिसागर पौडेलले बताउनुभयो ।
उहाँका अनुसार आज स्थलगत अध्ययन हुनेछ । छानबिन समितिले चितवनमा २ दिनसम्म बसेर घटनाको विषयमा स्थलगत अध्ययन गर्ने छ ।

चितवन राष्ट्रिय निकुञ्ज, निकुञ्जका सेक्टर कार्यालय, सुरक्षा निकाय, मध्यवर्ती सामुदायिक वनका पदाधिकारी, स्थानीय पालिका र प्रशासनसँग छलफल तथा अन्तरक्रिया गरिने सहसचिव पौडेलले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सुरक्षाकर्मीको गोली लागेर गएको बुधवार मकुनाको मृत्यु भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com