गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन

माघ, २८ काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । आज गृहमन्त्री लेखकको राजीनामा माग गर्दै विप्लव नेतृत्वको पार्टीनिकट श्रमिक समुदाय मोर्चा नेपाल, बागमती प्रदेश समन्वय समितिले प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघरमा मोर्चाले प्रदर्शन गर्दै गृहमन्त्री लेखकको राजीनामा माग गरेको छ।
श्रमिक समुदायमाथि भएका सबै प्रकारका जातीय भेदभाव र हिंसाविरुद्ध मोर्चाले विरोध सभा गरेको छ । उक्त प्रदर्शनमा गृहमन्त्रीको राजीनामा मागिएको हो।