गम्भीर विषयमा बोलिरहँदा माइक नकाटियोस् : ज्ञानबहादुर शाही

माघ, २८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुखले तोकेको समयमा असन्तुष्टि जनाएका छन् । सभामुख घिमिरेले आज आकस्मिक समयको लागि २ मिनेटको समय दिएका थिए ।
‘गम्भीर विषयमा बोल्न दिएर आधा समयमा माइक काटिन्छ । विधिको शासनमा यस्तो हुँदैन । अनुरोध गर्न चाहन्छु । संसद जहिले पनि प्रतिपक्षको हो,’ उनले भने । उनले सर्लाहीका सत्येन्द्रराम चमार र नेहा रौनियारविरुद्ध भएको भनिएको सरकारी व्यवहारबारे सरकारको जवाफ माग गरे । ‘गृहमन्त्रीलाई जवाफ दिन त्यो कुर्सीबाट रुलिङ गर्दिनुस् ।