Yeti Khabar

२०८१ फाल्गुन १२, सोमबार - Mon Feb, 2025 -

अमरगढी नगरपालिकामा महिलालाई सीप सिकाउँदै

माघ, २९ काठमाडौं । जिल्लाका स्थानीय तहहरुले महिलालाई सीप सिकाउन थालेका छन् । अमरगढी नगरपालिका–५ अमरगढीका महिलाहरुलाई ‘ब्यूटिसियन’ तालिम सञ्चालन गरेको छ ।

सो वडाका वडाध्यक्ष टंक क्षेत्रीका अनुसार वडा कार्यालयको समन्वयमा २० जना महिलालाई ब्यूटिसियन तालिम सञ्चालन गरिएको छ । तीन महिने सो तालिमले उनीहरुलाई व्यवसाय गर्न सहज हुने विश्वास गरिएको वडाध्यक्ष क्षेत्रीले जानकारि दिनुभयो ।

त्यसैगरी जिल्लाका सातवटै स्थानीय तहले महिला लक्षित सिलाइ कटाइ, दुना टपरी बनाउने, होजियारी, गुडिया तथा फूल माला उत्पादन गर्ने, अचार बनाउने, धुप बनाउनेजस्ता तालिम सञ्चालन गर्दै आएका छन् । स्थानीय तहसँग घरेलु तथा साना उद्योग कार्यालय र सीप विकास केन्द्रलगायतले समन्वय गर्ने गरेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी नरेन्द्र पन्तकाअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ५४ जना महिलालाई सीप विकाससम्बन्धी विभिन्न तालिम प्रदान गरिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com