आगो ताप्ने क्रममा जलेर गुल्मीमा १ जनाको मृत्यु

माघ, ३० काठमाडौं । आगो ताप्ने क्रममा जलेर गुल्मीमा १ जनाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–७ वाग्लाका ८० वर्षीय इन्द्रलाल गिरीको गएराति घरमै आगो ताप्दै गर्दा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताउनुभयो ।
अविवाहित गिरी लामो समयदेखि भाइसँगै घरमा बस्दै आउनुभएको थियो । भाइ टेकराज गिरीले प्रहरीमा जानकारी गराएपछि धुर्कोट बस्तुबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरिक्षक रामकुमार थापाको नेतृत्वमा सात जनाको प्रहरी टोली घटनास्थल पुगिसकेको प्रहरी नायब उपरीक्षक दाहालले जानकारि दिनुभयो ।