नेसपा नयाँ शक्तिको मतदान सकियो, केहीबेरमा मतगणना हुने
माघ, ३० काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना आज सुरु हुँदैछ। गएराति १२ बजे मतदान सकिएको र आज विहान १० बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको पार्टीको निर्वाचन आयोगका प्रमुख रामकुमार पुरीले बताए। उनका अनुसार निर्वाचन कार्यालयबाटै प्रतिनिधि बोलाएर मतगणना गर्ने तयारी गरिएको छ।
१३ सयभन्दा धेरै प्रतिनिधि भए पनि मतदान राति अबेर भएका कारण ११ सय हाराहारी मात्रै मत खसेको पुरीले बताए। पार्टीको पदाधिकारी र केन्द्रीय सदस्य गरी निर्वाचित हुने ९० पदमध्ये ७० पदमा निर्वाचन भएको हो।
अध्यक्षमा डा। बाबुराम भट्टराई र नेत्र चापागाईं प्रतिस्पर्धामा छन्। पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतपत्र छुट्टै भएकाले आज दिउँसोसम्म परिणाम आइसक्ने पुरीले बताए।