नेपाली कांग्रेसको बैठक बस्दै

फागनु, १ काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। भ्रातृ संस्थाको महाधिवेशन गराउन सभापति शेरबहादुर देउवासहित पदाधिकारी बैठक बस्न लागेको हो। पदाधिकारीहरू, भातृ संस्थाको महाधिवेशनको समन्वय र सहजीकरण गर्न बनेको पार्टीको निर्देशक समिति र भातृ संस्थाका अध्यक्षको बैठक बस्ने तय भएको कांग्रेसले बताएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि तय गरिएको छ। तदर्थमा रहेका भातृ संस्थाको महाधिवेशन गराउने विषयमा छलफल हुने कांग्रेसले बताएको छ।