Yeti Khabar

२०८१ फाल्गुन २८, बुधबार - Wed Mar, 2025 -

युक्रेनसँग तत्काल युद्ध अन्त्यका लागि वार्ता गर्न रुस तयार : अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँगको युद्ध तत्काल अन्त्य गर्न वार्तामा बस्न रुस तयार भएको बताउनुभएको छ । रुसी समकमक्षी भ्लादिमिर पुटिनसँग भएको टेलिफोन वार्तामा युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न पुटिन सहमत हुनुभएको ट्रम्पले दाबी गर्नुभएको हो ।

उहाँले युक्रेन युद्ध अन्त्य गर्नका लागि तत्काल वार्ता अघि बढ्ने बताउनुभएको बीबीसीले जनाएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दुवै राष्ट्रपति एक अर्को देशको भ्रमण गर्नसमेत सहमत भएको पुष्टि गर्नु भएको खबरमा उल्लेख छ ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र ट्रम्पबीच पनि फोन वार्ता भएको छ । दुवै देशका राष्ट्रपतिसँगको टेलिफोन कुराकानीपछि रुस –युक्रेन युद्ध तत्काल अन्त्य हुने विषयमा चर्चा शुरू भएको छ । विशेषगरि ट्रम्प–पुटिन संवाद निकै आशाजनक मानिएको ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटको भनाइ छ । एजेन्सी
 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com