सुनको मूल्य तोलामा दुई हजार तीन सयले बढ्यो

फागनु, १ काठमाडौं । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला दुई हजार ३०० ले रुपैयाँले बढेको हो। हिजो प्रतितोला सुन रु एक लाख ६७ हजार ५०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६९ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ ।
यसैगरी, चाँदी प्रतितोला रु ३५ ले बढेको छ। आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ६५ निर्धारण गरिएको छ।