Yeti Khabar

२०८१ फाल्गुन १२, सोमबार - Mon Feb, 2025 -

व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिएन : अध्यक्ष पुष्पकमल

फागुन, १ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्ने कार्यभार भने अझै पूरा भइनसकेको बताएका छन्।

‘३० औँ ‘जनयुद्ध दिवस’को अवसरमा अध्यक्ष प्रचण्डले माओवादी संघर्षले व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्ने कार्यभार भने अझै बाँकी रहेको बताएका हुन्। दलितका अधिकारहरू संविधानतः सुनिश्चित भए पनि व्यवहारमा अझै विभेद र उत्पीडन कायमै रहेको उनको भनाइ छ।

‘महिलाहरू अझै पनि पूर्ण रूपमा सुरक्षित र स्वतन्त्र हुन सकेका छैनन्। संघीयता अझै संस्थागत भइसकेको छैन,’ उनले भनेका छन्, ‘उपेक्षित र उत्पीडित वर्गलाई राज्यको मूलधारमा ल्याउने गरी पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन।’जनविश्वास र जनमतको सम्मानद्वारा समाज रूपान्तरणका बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी रहेको उनले बताएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com