Yeti Khabar

२०८१ फाल्गुन २८, बुधबार - Wed Mar, 2025 -

संविधान र जनाधिकार रक्षा गर्न लागिरहन्छौँ : अध्यक्ष प्रचण्ड

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यता र जनाधिकार रक्षा गर्न निरन्तर सङ्घर्ष गरिरहने बताउनुभएको छ ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा २०५२ फागुन १ गतेदेखि सञ्चालन भएको सशस्त्र सङ्घर्षको ३०औं वर्ष प्रवेशका अवसरमा आज भएको कार्यक्रममा उहाँले संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयासलाई निस्तेज पारिने बताउनुभयो ।

माओवादीले समुदायतर्फ फर्कँदै नागरिकका ‘एजेण्डा’ लाई दृढतापूर्वक अघि बढाउने र नागरिकसँगको एकतालाई बलियो बनाउने सङ्कल्प गरेको अध्यक्ष प्रचण्डकाे भनाइ छ ।

राजनीतिक तहमा युगान्तकारी उपलब्धि प्राप्त गरे पनि नागरिकले महसूस गर्नेगरी उनीहरूको जीवन परिवर्तन गर्ने प्रयासमा पार्टी जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा अध्यक्ष प्रचण्डलगायत माओवादी नेताहरूले पार्टी कार्यालयमा रहेको शहीद स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com