Yeti Khabar

२०८१ फाल्गुन २८, बुधबार - Wed Mar, 2025 -

भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि अमेरिकामा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको वाशिङ्टन डीसी पुग्नुभएको छ । उहाँलाई अमेरिकी राष्ट्रपतिको अतिथि भवनमा राखिएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्रीको स्वागत गर्न भारतीय मूलका धेरै मानिस त्यहाँ पुगेका छन् । मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भोलि भेट्ने कार्यक्रम छ । भेटघाटपछि द्विपक्षीय वार्ता, पत्रकार सम्मेलन र रात्रि भोजको कार्यक्रम रहेको खबरमा उल्लेख छ ।

अस्ति पेरिसमा भएको एआई समिट २०२५ मा सहभागी हुन फ्रान्स जानुभएका मोदी त्यहाँको भ्रमण सकेर अमेरिकाको दुई दिने भ्रमणमा निस्किनुभएको हो ।

भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच भारतले अमेरिकी निर्मित सुरक्षा उपकरणको खरिद बढाउने र निष्पक्ष द्विपक्षीय व्यापारिक सम्बन्धतर्फ अघि बढ्नेबारे छलफल हुने खबरमा उल्लेख छ ।

यसअघि गएको जनवरी २७ मा दुई नेताबीच भएको टेलिफोन वार्तामा दुवै नेताले अमेरिका–भारत रणनीतिक साझेदारी र इन्डो–प्यासिफिक क्वाड साझेदारीलाई अगाडि बढाउन आफ्नो प्रतिबद्धतालाई जोड दिनुभएको थियो । एजेन्सी
 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com