Yeti Khabar

२०८१ फाल्गुन १०, शनिबार - Sat Feb, 2025 -

उपत्यका सहित देशका धेरै ठाउँको मौसम सफा

फागुन, २ काठमाण्डौ । काठमाण्डौ उपत्यका सहित देशका धेरै ठाउँको मौसम आज सफा रहेको छ । तराईको केही ठाउँमा बिहान हुस्सु र कुहिरो लागे पनि दिउँसो हटेर मौसम सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

यस्तै पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा भने आंशिक बदलीको अवस्था रहेको छ । महाशाखाका अनुसार यस क्षेत्रको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

आज काठमाण्डौ उपत्यकाको न्युनतम तापक्रम ५ देखि ७ डिग्रिसम्म झर्न सक्ने र अधिकतम तापक्रम २१ देखि २३ डिग्रिसम्म पुग्न सक्ने अनुमान रहेको महाशाखाले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com