Yeti Khabar

२०८१ फाल्गुन १३, मंगलवार - Tue Feb, 2025 -

भक्तपुरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

फागुन, २ काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–३ कोल्पाकोट ओरालोमा आज भएको सवारी दुर्घटनामा परी एकजना वृद्धाको मृत्युभएको छ। व्यासीबाट झौखेलतर्फ जादै गरेको प्रदेश ३–०१–००३ क ४६३७ नम्बरको निशान गाडीले पैदलयात्री चाँगुनारायण नगरपालिका–५ पिखेल बस्ने ७२ वर्षीया केकई मग्रराती मगरलाई ठक्कर दिदा गम्भिर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

उपचारको लागि काठमाडौं मेडिकल अस्पताल दुवाकोट भक्तपुर लगेकोमा उपचारकै क्रममा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले बताएको छ । चालक भक्तपुर भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने बर्ष ५४ को इन्द्रनारायण सितखु जिल्ला प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा रहेको परिसरका सूचना अधिकृत ढुण्डीराज न्यौपानेले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com