उद्घाटनमा घाइते भएका विष्णु पौडेललाई भेट्न राष्ट्रपति जाँदै

फागुन, ४ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई भेट्न कीर्तिपुर जाने भएका छन्। राष्ट्रपति पौडेल कीर्तिपुर बर्न अस्पतालमा उपचाररत अर्थमन्त्री पौडेललाई भेट्न विहान १० बजे कीर्तिपुर जाने सचिवालयले बताएको छ ।
पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बालेपछि बेलुन उडाउन खोज्दा आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर धनराज आर्चाय घाइते भएका थिए।