Yeti Khabar

२०८१ फाल्गुन ८, बिहीबार - Thu Feb, 2025 -

बर्दियामा चितुवाको आक्रमणबाट २ वर्षीय बालकको मृत्यु

फागुन, ४ काठमाडौं । बर्दियाको मधुवन नगरपालिकामा चितुवाले आक्रमण गर्दा दुई वर्षीय बालकको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका ५ बस्ने रिहान चलाउनेको मृत्यु भएको छ ।

मधुवन नगरपालिका वडा न ७ भाटचोकमा शनिवार बेलुकी ८ बजेतिर आँगनमा खेलिरहेको बालकको चितुवाको आक्रमणबाट मृत्यु भएको छ। रिहानकी आमा रचना छोरा रिहानलाई लिएर सानीआमाको घरमा आएकी थिइन्।

आँगनमा खेलिरहेको बालक हराएपछि घरपरिवारले हारगुहार गरेका थिए। स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीले तत्काल खोजी गर्दा घरबाट५०० मिटर दक्षिणपूर्व खेतमा बेलुकी ९ः१५ बजे मृत अवस्थामा फेला परेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com