Yeti Khabar

२०८१ फाल्गुन ८, बिहीबार - Thu Feb, 2025 -

सरकारले शहीद मार्गको रकम कटौती गर्‍योः वर्षमान

फागुन, ४ काठमाडौं । पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका सांसद वर्षमान पुनले शहीद मार्ग घोराही–रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्न विनियोजन गरिएको बजेट सरकारले कटौती गरेकामा आपत्ति जनाएका छन्।

प्रतिनिधिसभा बैठकमा आज शून्य समयमा बोल्दै पुनले उक्त सडक खण्डका लागि छुट्याइएको १ अर्ब २५ करोडमध्ये ६८ करोड रकमान्तर गरिएको बताए। उनले सिमेन्ट उद्योगका टिपरका कारण सडकको अवस्था बिग्रिँदा दाङ, रोल्पा र रूकुम क्षेत्रका जनताको आवागमन असाध्यै कष्टकर भइरहेको बताए।

‘चालु आर्थिक वर्ष ०८१/०८२ मा शहीद मार्गको घोराही–रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्नका लागि १ अर्ब २५ करोड रुपैयाँ रकमको व्यवस्था गरिएको थियो। हालै नयाँ सरकार गठन भएपछि सो रकमबाट ६८ करोड रकमान्तर गरिएको छ। सो खण्डको तुरून्त ठेक्का लगाउन सरकारको ध्यानकर्षण गराउँछु,’ पुनले भने, ‘त्यसैगरी दाङ, रोल्पा र रुकुम क्षेत्रका जनताको आवागमन असाध्यै कष्टकर भइरहेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com