Yeti Khabar

२०८१ चैत्र २७, बुधबार - Wed Apr, 2025 - १६ : १७ : ५७

दुल्लुमा ११ वर्षीय बालकको हत्या

फागुन, ५ काठमाडौं । दैलेखको दुल्लु नगरपालिकाका ११ वर्षीय एक बालकको हत्या भएको छ । सुनका चोरीका गहना बिक्री गर्ने क्रममा विवाद हुँदा ती बालकको हत्या भएको दैलेख प्रहरीले बताएको छ ।

हत्या अभियोगमा सोही ठाउँका १४ र १७ वर्षीय दुई जना किशोरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए ।

उनका अनुसार ११ वर्षीय ती बालक माघ २५ गते दिउँसोदेखि सम्पर्कविहीन थिए । घर परिवारले खोज्दा नभेटिएपछि माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा खोजतलासका लागि निवेदन दिएका थिए । ‘परिवारले दिएको निवेदनका आधारमा अनुसन्धान गर्दा उनको हत्या गरी खाल्डोमा गाडेको अवस्थामा शव भेटिएको छ,’ प्रहरी निरीक्षक सुनारले बताए ।

प्रहरीका अनुसार हत्या गरिएका ११ वर्षीय बालक र पक्राउ परेका दुई बालक मिल्ने साथी थिए । उनीहरूले हत्या गरिएका बालककी आमाको सुनका गहना चोरेर बिक्री गर्ने योजना बनाएका थिए । ‘त्यही सुनका गहना बिक्रीकै विषयमा विवाद भएछ । ती मृतक बालकले घरमा भनिदिन्छु भनेपछि उनको हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको छ ।

दुई बालकले ११ वर्षीय बालकको हत्या गरी उनकै घरको बाँसघारी छेवैमा रहेको खोला किनारमा खाल्डो खनेर पुरिदिएका थिए । ‘हामीले बालक सम्पर्कविहीन हुनुअघि उनको साथमा भएका साथीहरूबारे अनुसन्धान गर्‍यौ,’ उनले भने, ‘पछि शनिवार दुई बालकलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरूले २५ गते नै हत्या गरेर घर नजिकै खाल्डो खनी गाडेका छौं’ भन्ने बयान दिएका थिए ।’

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com